आयोगले उजुरी छानविनपछि उम्मेदवारको नाम सार्वजनिक गर्दै

राजनीति समाचार

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमा आज छानविन गर्ने भएको छ । निर्वाचन कार्यातालिका अनुसार आज उजुरीमाथि छानविन गरी नामावली प्रकाशन गरिने भएको हो ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजूरी उपर जाँचबुझ गरी निर्णय गर्ने र ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
यस्तै भोलि उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि नै दलहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रवक्ता ढकालले बताउनुभयो । दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *