बागी उम्मेदवारलाई कांग्रेसको १० वर्षसम्म सजाय

राजनीति समाचार

ओखलढुंगा । आधिकारिक उम्मेदवार बिरुद्ध ‘सफाइ अभियान’ भन्दै विद्रोह गरेका ओखलढुंगा कांग्रेसका उम्मेदवारसहितका नेताहरुलाई नेपाली कांग्रेसले १० वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
कांग्रेस पार्टी कार्यालयले विज्ञप्ती निकालेर बागी उम्मेदवार ज्ञानेन्द्र रुम्दाली, उनका प्रस्तावक महाधिवेशन प्रतिनिधी रामजी वास्तोला र कमल तामाङ तथा उम्मेदवार रुम्दालीका सर्मथक ठाकुर गौतमलाई कारबाही गरेको जानकारी दिएको हो।
तरूण दल जिल्ला अध्यक्ष रुम्दालीले जिल्ला सभापति प्रदीप सुनुवारले उम्मेदवारी दिएको प्रदेश तर्फ क्षेत्र ‘ख’मा बागी उम्मेदवारी दिएका थिए ।
जिल्ला सचिव रुद्र अधिकारीले बागी उम्मेदवारको प्रचारमा जुटेका सबै नेता कार्यकर्ताहरुको पहिचान गरेर पार्टीबाट निस्काशन गर्ने बताए। उनले बागी उम्मेदवारको पक्षमा लाग्नेहरुलाई आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जुट्न आग्रह गरे। अन्यथा कारवाही भोग्न तयार हुन चेतावनी दिए।
बागी उम्मेदवारको पक्षमा लाग्नेहरुको पहिचान भइरहेको र पहिचान हुनासाथ कारवाही गरिने कांग्रेसले विज्ञप्तीमार्फत जनाएको छ।
नेपाली कांग्रेसले क्षेत्र नै परिवर्तन गरेर उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताहरुले आधिकारिक उम्मेदवार विरुद्ध रुम्दालीलाई उम्मेदवार बनाएर प्रचार आक्रमक बनाएपछि कांग्रेसका आधिकारिक उम्मेदवारलाई धक्का लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *