जोशी भ्रष्टाचारी भन्दै पौडेलले गरे दाबी विरोध

राजनीति समाचार

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर १ उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गर्नुभएको छ ।
जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलले गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।
पौडेलले जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको प्रतिलिपि पनि पेश गर्नुभएको छ । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेद्वार नबनाए पनि जोशीले तनहुँ १ मा नेता पौडेलविरुद्ध नै बागी उम्मेदवारी दिएका हुन् ।
जोशी नेपाली कांग्रेसको झण्डासहित तामझामका साथ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जोशीले त्यो निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *