टिकट पाएपछि फोरम इलामका जिल्ला अध्यक्ष कांग्रेसमा

राजनीति समाचार

इलाम, १६ कात्तिक ।नेपाली कांग्रेसबाट प्रदेशसभामा टिकट पाएपछि संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष देवेन्द्र राई नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
राईलाई प्रदेशशभामा इलाम क्षेत्र नं. १ को ‘क’ बाट टिकट दिइएको छ । उहाँलाई नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकोमा स्वागत गर्दै जितका लागि शुभकामना समेत दिइएको कांग्रेस स्रोतले जनाएको छ ।
राईले कांग्रेसको १२ औँ जिल्ला अधिवेसनमा जिल्ला सदस्य जितेपछि नेपाली कांग्रेस परित्याग गरी संघीय समाजवादीमा प्रवेश गर्नु भएको थियो । तीन वर्ष अगाडि पार्टी परित्याग गरी फेरि कांग्रेसमा नै प्रवेश गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *