क्यान्सरसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजदेखि चितवनमा

छिमेक समाचार

काठमाडौ,१६ कार्तिक । चितवनमा आजदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुदैँछ । सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा हुन लागेको सम्मेलनमा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकको सहभागिता रहने आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिनुभयो ।
चितवनको क्यान्सर असपतालमा १८ गतेसम्म जारी रअने सम्मेलनमा करिब ३ सय विशेषज्ञ चिकित्सकको सहभागिता रहने बताइएको छ । सम्मेलनमा भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका २० भन्दाबढी विदेशी विशेषज्ञ सहभागी हुनेछन् ।
सम्मेलनमा क्यान्सर रोगको उपचार पद्धतिको विषयमा अनुभव आदानप्रदान गरिने र विश्वमा पछिल्लो समयमा विकास भएको उपचार प्रविधिका बारेमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिनुभयो ।
चितवनको क्यान्सर अस्पतालमा हुन लागेको उक्त सम्मेलनमा क्यान्सर क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकले गरेको अध्ययन अनुसन्धान समेटिएको कार्यपत्रहरुसमेत प्रस्तुत हुनेछन् । सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको यसअघिको तीन वटा सम्मेलन काठमाडाँैमा भएको थियो । यसपटक भने राजधानी बाहिर सम्मेलन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *