एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका राठोरले पाए टिकट

राजनीति

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि कैलालीका उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नम्बर-१ बाट ईश्वरी न्यौपाने उम्मेदवार भएकी छन् । उनी निवर्तमान सांसद हुन्।
कैलालीको क्षेत्र नम्बर-२ बाट मोहन सिंह राठोरले टिकट पाएका छन् । निवर्तमान सांसद समेत रहेका उनी मंगलबार मात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । कैलाली-३ बाट रामजनम चौधरीले टिकट पाएका छन् ।
४ मा सुनिल भण्डारीको सम्भावना छ । यद्यपि पुस्कर ओझा र डा. लक्ष्मीराज पाठकको पनि दाबी छ । कैलाली-५ बाट प्रधानमन्त्री एवं कांग्रेस सभापति पत्नी आरुजु देउवा उम्मेदवार बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *