सुन तस्करीसँगै सलबलाउँदै आपराधिक समूह

विज्ञान / प्रविधि समाचार

काठमाडौँ , १४ कार्तिक । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो।
प्रहरीले रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने जीवन श्रेष्ठ र भक्तपुर सल्लाघारी बस्ने सुवास लामा योन्जन, मकवानपुर भीमफेदी गाउँपालिका घर भई धुम्बाराही बस्ने कुमार अधिकारी र काभ्रे घर भई शंखमुल बस्ने टीकाबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो।
पेस्तोल बोकेर हिँडेको टोलीको उद्देश्य सुनेपछि पो प्रहरी झसंग भयो, उनीहरू नुवाकोटको कालिका वनमा बसेर रसुवाको केरुङ नाका हुँदै भित्रिएको तस्करीको सुन लुटने योजनामा थिए।
प्रहरीका अनुसार सुन लुट्नकै लागि यो समूहले ललितपुरको ग्वार्कोबाट एक जनासँग ५० हजार रुपैयाँमा पेस्तोल किनेको थियो । प्रहरीले पेस्तोल बेच्नेलाई भने पक्राउ गरिसकेको छैन।
प्रहरीका अनुसार यो समूहले पेस्तोल देखाएर आफूलाई प्रहरीका रूपमा प्रस्तुत गर्दै तस्करीमा भित्रिएको सुन लुट्ने योजना बनाएको थियो । तस्करीको सुन लुट्नकै लागि बन्दुक बोकेर हिँडेको यो न पहिलो समूह थियो, न अन्तिम नै।
प्रहरीका अनुसार केरुङ नाका हुँदै निरन्तर सुन तस्करी हुने थालेपछि तस्करीको सुन लुट्ने योजनामा विभिन्न लुटेरा र आपराधिक समूह सक्रिय हुन थालेका देखिन्छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *