कैलालीका ७७ मतादान केन्द्र अति संवेदशील घोषणा

राजनीति समाचार

कैलाली,१४ कात्तिक । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका ७७ वटा मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्र घोषणा गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भौगोलिक विकटता, सुरक्षा निकायको पहुँच, अपराधिक गतिविधिको दृष्टिले ७७ वटा मतदान केन्द्रलाई संवेदनशील घोषण गरिएको हो ।
जिल्ला सुरक्षा समिति कैलालीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै ७७ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचिमा राखेको बताउनुभयो । यस्तै जिल्लामा रहेका २ सय ३१ वटा मतदान केन्द्रमध्ये १ सय १७ वटा मतदान केन्द्रलाई संवेदनशील र ३७ वटा मतदान केन्द्रलाई सामान्यको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रिजालले चुनाव नजिकिँदै जाँदा भौगोलिक विकटता, सुरक्षा निकायको पहुँच, अपराधिक गतिविधिको दृष्टिलाई मध्यनजर गर्दै यो सूचिमा घटबढ हुने बताउनुभयो । स्थानीय तहको चुनावका बेला कैलालीमा ६६ वटा अति संवेदनशील, ८२ वटा संवेदनशील र ८३ वटा सामान्य मतदान केन्द्र रहेका थिए ।
उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि चुनावका लागि छुट्टाछुट्टै सुरक्षा योजनाहरु बनाइरहेको जानकारी दिनुभयो । यस्तै १६ गतेको मनोनयन दर्ताका लागि चुनावमा कार्यालयले आ–आफ्नो पार्टीको मनोनयन दर्ताको समय दिन दलहरुलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *