हत्याको आरोपमा प्रकाउ परेकी प्रियंकाले गरिन हिरासतमै आत्महत्या, आत्महत्याको कारण खेल्यो

समाज

सिरहा । यौनकाण्ड खुल्ने डरले भाइको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।
प्रहरी उनलाई पक्राउ गरेर आज आइतबार बिहान १२ बजे सार्वजनिक गरेको थियो । जसको केही घण्टामै उनले आत्महत्या गरेको सिरहाका डिएसपी गज्जुसिद्धी मानन्धरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।ठूलोबुवाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र सञ्जयकुमार साह पक्राउ परेका थिए ।
पक्राउ परेका मध्ये प्रियंकालाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेसको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म शौचालयबाट नआएपछि हेर्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी जनाएको छ । प्रियंकाले भाइ हत्याको ग्लानीले गर्दा आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
यसरी भएको थियो भवेश्वरको हत्या
गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । दिदी प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए ।
प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजनिक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् ।
प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ । उज्यालो अन्लाईन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *