हिजो भएको वस दुर्घटना सेलाउन नपाउदै फेरी त्रिशूलीमा अर्को घटना,

मुख्य खबर

धादिङ । धादिङ बेनिघानट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको छ ।
शनिबार दिउँसो मुग्लिङबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर त्रिशूलीमा खस्दा घाइते भएका चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।
सहचालक हेटाैंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *