यस कारण मंसिर १० मा हुने ३२ जिल्लामा बामगठबन्धन पहिलो हुन्छ, तथ्य सहित

मुख्य खबर

काठमाडाैं । आउँदो मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैँछ।
यी क्षेत्रमा को बलियो छ भन्ने प्रश्नको उत्तर दिने सबै भन्दा बलियो आधार पछिल्लो स्थानीय चुनावमा पार्टीहरुले वडा तहमा ल्याएको मत विश्लेषण हो।
वडागत रुपमा दलीय उम्मेद्वारले प्राप्त गरेको मतको विश्लेषण गर्दा पहिलो चरणमा निर्वाचन हुने हिमाली र पहाडी जिल्लाका ३७ निर्वाचन क्षेत्र मध्ये ३६मा वाम गठबन्धनले जीत हात पार्ने देखिन्छ।
स्थानीय तहको निर्वाचन अनुसारकै मत दलहरुले आफ्नो पक्षमा कायम राख्न सके नेपाली कांग्रेसका एक उम्मेद्वार मात्र पहिलो चरणमा वाम गठवन्धनका उमेद्वारभन्दा अगाडि हुनेछन्।
रसुवामा कांग्रेसका मोहन आचार्य नयाँ शक्तिको साथ पाउँदा १ हजार ५ सय ६४ मतले अगाडि हुनेछन्। बाँकी स्थानमा भने वाम गठबन्धन अगाडि छ।
ती निर्वाचन क्षेत्र मध्ये कतिपय क्षेत्रमा वाम गठबन्धन १५ हजारभन्दा धेरैको मत अन्तरले अगाडि छ। वाम बर्चश्व भएका यी क्षेत्रमा निर्वाचन परिणाम उल्ट्याउन कांग्रेसका लागि फलामको च्यूरा सावित हुनेछ।
कांग्रेसले, राप्रपा र संघीय समाजवादी फोरम र नयाँशक्तिबिच चुनावी तालमेलका कारण केही राहत मिल्नेछ तर त्यो वाम गठबन्धनलाई हराउन पर्याप्त हुनेछैन।
पहिलो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ र ओखलढुंगामा एमालेका उम्मेद्वार अगाडि हुने देखिन्छन्। भोजपुर र सोलुखुम्बुमा भने माओवादी केन्द्रका उम्मेद्वार विजयी हुने देखिन्छन्। पहिलो चरणमा प्रतिनिधिसभामा कांग्रेसका लागि प्रदेश नम्बर १ का कुनै पनि क्षेत्रमा जीत मुस्किल देखिन्छ।
जिल्ला एमाले ‌+ माओवादी केन्द्र(वाम गठवन्धन) नेपाली कांग्रेस(लोकतान्त्रिक गठबन्धन)
ताप्लेजुङ योगेशकुमार भट्टराई(एमाले) ६२७३ मतले अगाडि केशवप्रसाद दाहाल
भोजपुर सुदन किराँती (माओवादी केन्द्र) १७७४४ले अगाडि उमेशजंग रायमाझी
पाँचथर बसन्तकुमार नेम्वाङ(एमाले) १०५६७ मतले अगाडि भिष्मराज आङ्दाम्बे
सोलुखुम्बु हेमकुमार राई (माओवादी केन्द्र) ९४८१ मतले अगाडि बलबहादुर केसी
संखुवासभा राजेन्द्र गौतम (एमाले)६१६९ मतले अगाडि दीपक खड्का
खोटाङ विशाल भट्टराई (एमाले)१४७१२ मतले अगाडि सरस्वती वजिमय
ओखलढुङ्गा यज्ञराज सुनुवार (एमाले)६६२८ मतले अगाडि रामहरी खतिवडा
देशकै दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि कांग्रेसका लागि पहिलो चरणको निर्वाचन प्रतिष्पर्धात्मक भन्दा बढी’कठोर’ बन्दैछ। कांग्रेस उम्मेद्वारहरुका लागि वाम गठबन्धनको चुनौती सामना गर्न मुस्किल समेत छ।
प्रदेश नं ३ मा गठबन्धन पछि परम्परागतरुपमा कांग्रेसको पकडमा रहेको नुवाकोटमा समेत उ पछि परेको छ।
रामेछापमा लोकतान्त्रिक गठबन्धनको मत २८ हजार ६ सय ६६ हुँदा वाम गठबन्धनपछि त्यहाँ एमाले र माओवादीको मत ५५ हजार ७ सय ९६ पुग्छ। अर्थात् २७ हजार १ सय ५० को खाडल देखिन्छ। दोलखामा वाम र लोकतान्त्रिकको त्यो दुरी २६ हजार २ सय १६ को छ। अनि धादिङ १ मा २८ हजार ६ सय ८७ ले वाम गठबन्धन अगाडि छ। पहिलो चरणमा निर्वाचन हुन लागेको ९ निर्वाचन क्षेत्र मध्ये ७ स्थानमा वाम गठबन्धन १५ हजार भन्दा बढीले अगाडि छ। नुवाकोट २ र सिन्धुपाल्चोक २ मा पनि १० हजार भन्दा बढीले वाम गठबन्धन अगाडि छ।
जिल्ला एमाले ‌+ माओवादी केन्द्र(वाम गठवन्धन) नेपाली कांग्रेस(लोकतान्त्रिक गठबन्धन)
रामेछाप श्याकुमार श्रेष्ठ (माओवादी केन्द्र) २७१५० मतले अगाडि पूर्णबहादुर तमाङ
दोलखा पार्वत गुरुङ (एमाले) २६२१६ मतले अगाडि रुद्रबहादुर खड्का
सिन्धुपाल्चोक १ अग्निप्रसाद सापकोटा(माओवादी केन्द्र) १८९९५ मतले अगाडि मोहन बस्नेत
सिन्धुपाल्चोक २ शेरबहादुर तमाङ (एमाले)१०८३१ मतले अगाडि पशुपति शमशेर राणा(राप्रपा प्र.)
धादिङ १ भूमी त्रिपाठी (एमाले)२८६८७ मतले अगाडि विश्वप्रसाद अर्याल
धादिङ २ खेम प्रसाद लोहनी (एमाले)१५०५१ मतले अगाडि दीलमान पाख्रिन
रसुवा जनार्दन ढकाल(एमाले) मोहन आचार्य १५६४ मतले अगाडि
नुवाकोट १ हितबहादुर तमाङ(माओवादी केन्द्र) १६९०२ मतले अगाडि रामशरण महत
नुवाकोट २ नारायणप्रसाद खतिवडा(एमाले) ११४६५ मतले अगाडि अर्जुननरसिंह केसी
प्रदेश नं ४ को लमजुङमा कांग्रेसका दीलबहादुर घर्ती वाम गठबन्धन भन्दा १० हजार ६३ मतले अगाडी छन्। पहिलो चरणमा प्रदेश ४ मा निर्वाचन हुन लागेका ८ निर्वाचन क्षेत्र मध्ये एउटामा मात्र कांग्रेस अगाडि छ। यद्यपी गोर्खामा नयाँ शक्तिसँग तालमेल गरेका कारण निर्वाचन परिणाम परिवर्तन हुने सम्भावना छ। त्यहाँ दुई हजार भन्दा सानो अन्तरले वाम गठबन्धन अगाडि छ। वाम गठबन्धन हुँदा दुवै निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएको छ।
उता कांग्रेस र नयाँ शक्तिबीच तालमेलपछी गोर्खा १ मा कांग्रेस र गोर्खा २ मा नयाँ शक्तिका बाबुराम भट्टराई उठ्दैछन्। वाम गठबन्धन गोर्खा १ मा १ हजार ४ सय ४५ र गोर्खा २ मा १ हजार १ सय ७६ मतले अगाडि छ ।
सेतोपाटी बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *