अन्तिममा आएर कांग्रेसले गगन थापालाई यस कारण प्रवत्ता नवनाउने,

राजनीति

काठमाडाैं ।कांग्रेसले गगन थापालाई प्रवत्ता नवनाउने भएको छ । थापालाई पार्टीको नियम अनुसार प्रवत्ता बन्न अयोग्य ठहर गरेको हो । गगन थापा प्रवक्ता नियुक्त हुन अयोग्य रहेको खुलेको छ ।
केही दिन यता नेपाली कांग्रेसका नेता गगन थापालाई पार्टीको प्रवक्ताका रुपमा ब्यापक प्रचार गरिएको छ । कांग्रेसकै नेताहरुले समेत थापालाई बधाई दिइरहेका छन् । तर उनि अयोग्य रहेको कांग्रेस नेताहरुलेनै बताएका छन । गगनले आफैं प्रवक्ता हुने भन्दै समाचार लेखाएको भन्दै केही कांग्रेस नेताले उनि प्रबक्ता हुनै नसक्ने बताएका हुन ।
नेपाली कांग्रेसको बिधानअनुसार उनी प्रवक्ता नियुक्त हुन अयोग्य छन् । प्रवक्ता हुन निर्वाचित केन्द्रीय सदस्य वा पदाधिकारी हुनुपर्ने प्रावधान छ । थापा महामन्त्रीमा पराजित भएपछि केन्द्रीय सदस्य मनोनित भएका हुन् ।
मनोनित भएकोले पनि उनि बिधान अनुसार उनी प्रवक्ता हुन सक्दैनन् । तर पनि थापाले प्रवक्ता हुने प्रयास गरेर मिडिया लबिङ गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रवक्ताका लागि प्रकाशशरण महत, बालकृष्ण खाँड र एनपी सावतबीच प्रतिस्पर्धा छ । तीनै जना पार्टी सभापति शेर बहादुर देउवाका बिश्वासपात्र नेताहरु हुन् । गगन थापा कृष्ण प्रसाद सिटौला गुटका भएकाले पनि उनको सम्भावना नभएको कांग्रेस नेताहरु बताउछन् ।
पछिल्लो समय थापा देउवा निकट हुन प्रयासमा रहेको र त्यही क्रममा देउवाले उनलाई प्रवक्ताको जिम्मेवारी दिने आश्वासन दिएको स्रोत बताउँछ । काठमाडौ ४ बाट चुनाव लडन लागेका थतपालाइ पार्टी प्रवत्ता नबन्ने पक्का भएपछि अशुभ सुरु भएको छ । उनीले यसपटक काठमाडौ ४ मा चुनाव हार्ने पक्का जस्तै भएको त्यहाँका स्थानीयवासी बताउन थालेका छन । हाम्रो इकोनोमीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *