फेरी सर्वोच्चको आदेशले अन्याैलमा पर्यो निर्वाचन आयोग

मुख्य खबर

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र एउटै पानामा तलमाथि छाप्ने निर्णय गरिसकेको निर्वाचन आयोगलाई यतिबेला सर्वोच्च अदालतको पछिल्लो आदेशले अलमल्याएको छ ।
दुइटै सभाको मतपत्र छुट्टा छुट्टै हुनुपर्ने आशयको आदेश सर्वोच्चले दिएपछि आयोग यतिबेला परामर्शमा जुटेको छ ।
समयको चाप रहेकाले छुट्टा छुट्टै मतपत्र छाप्न कठिन हुने तर, अदालतको समेत सम्मान गरी जानुपर्ने चेपुवामा आयोग परेको छ ।
आयोगले सर्वोच्चको आदेशपछिको परिस्थिति बारे सुझाव दिन एउटा कार्यदल नै गठन गरेको छ । एउटै मतपत्र छाप्नुपर्ने वा नपर्ने भन्नेमा कानूनविद्हरुको फरक फरक राय आएको छ ।
१ करोड ८० लाख छापिनुपर्ने समानुपातिक तर्फको मतपत्र जनक शिक्षा सामग्री केन्द्रले १ करोड बढी छापिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *