दिपक मनाङ्गे एमालेकै विरूद्ध बागी उम्मेद्वार, किन यस्तो गरे उनले हेर्नुहोस्

राजनीति

मनाङ । केहि समय अघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका विवादास्पद छवीका दीपक मनाङ्गे (राजीव गुरूङ) एमालेकै विरूद्ध बागी उम्मेद्वार बन्दै चुनावी मैदानमा उत्रीएका छन् ।
एमालेले प्रदेशसभाकालागि उम्मेद्वार बनाउने सहमति गरेर अाफु एमालेमा प्रवेश गरेकाे भए पनि अन्तिम समयमा उम्मेद्वार नबनाएपछि अाफुले स्वतन्त्र तर्फबाट उम्मेद्वारी दर्ता गराएकाे मनाङ्गेले जानकारी दिए ।
एमालेबाट टिकट नपाएपछि उनले प्रदेशसभाका लागि मनाङ ख बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । यसअघि एमालेले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि उनको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, उनको सिफारिसप्रति चर्को आलोचना भएपछि केन्द्रले अन्तिममा नाम काटेको थियो ।
उनले आफूले स्वतन्त्ररुपमै चुनाव लडेर जित्ने समेत दाबी गरेका छन् । राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे केहि समय अघि मात्रै एमालेमा प्रवेश गरेका हुन् ।
स्मरण रहोस् मनाङेले स्वतन्त्रबाट उम्मेदवारी दिएपनि एमालेको झण्डासहित जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए ।
एमालेले मनाङ्गेको ठाउँमा खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता हुन् । उनी दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *