नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले आग्रता लिएको छ । नेपाली टिमले एक गोल गरेको छ । खेलको ३६ औं मिनेटमा अञ्जन विष्टले नेपालका लागि पहिलो गोल गरेका हुन् ।

जर्सी नम्बर–१४ का अञ्जन विष्टले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् । नेपालले घरेलु मैदानमै पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेलिरहेको छ ।