काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको बताइएको छ । घिसिङको आजै पदभार ग्रहण हुँदैछ । कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ ।शाक्य आज कार्यालय गएका छैनन् । ११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए । उनी भदौ ३१ मा चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याएको जानकारी दिए ।