काठमाडौं । मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।