रुकुम पश्चिममा पानी भनेर तेजाव पिउँदा एक जना घाईते हुनुभएको छ । चौरजहारी नगरपालिका वडा नम्वर ४ मनकोट निवासी ४० वर्षिय हुर्मत नेपाली तेजाव पिउँदा घाईते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार स्थानीय एक सुन चाँदि पसलमा कारोबारको लागि आएको बेला नेपालीले तेजाव पिउनु भएको हो । पसलमा सुन गलाउनको लागि बोतलमा राखेको तेजावलाई नेपालीले पानी भनि झुक्किएर पिएको प्रहरीको भनाई छ ।

त्यस लगत्तै उहाँलाई उपचारको लागि चौरजहारी अस्पतालमा लिईएको थियो ।

अवस्था गम्भिर भएपछि थप उपचारको लागि उहाँलाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ