रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले नगर बस सेवा विस्तार गरेकाे छ । कर्णाली प्रदेश ०२ -००१ ख ०१७९ नम्बरकाे नगर बस चाैरजहारी बस पार्कदेखि साेती काेटजहारी जुम्लीपाेखरी हुँदै चाैरजहारी नगरपालिका वडा नं. ११ काे जाेगिनेटासम्म चलिरहेकाे गाडी आज चाैरजहारी नगरपालिकाकाे वडानं.१४ काे तिमीले रागेचाैरमा बस पुगेकाे छ। प्रथम नगर प्रमुख विशाल शर्माकाे समय अवधिमा पुग्ने भनिएको नगर बस बल्ल आज पुगेकाे हाे । सडक साँघुरो र घुम्ती कम हुदाँ नजान नसकेकाे बस यस पटक नगरपालिकाकाे डाेजरले बर्षातकाे कारण बिग्रेको सडक सफा गर्न आउँदा सडक मर्मत गर्दा राम्रो बनाएकाेले सजिलै बस ल्याउन सकिएको नगर प्रमुख पुष्प बादीकाे भनाइ रहेकाे छ ।

 

अब खाली गाडी चलाउने हाेइन सेवा सुविधा लिनुपर्छ प्रमुख पुष्प बादीकाे भनाइ छ,आफुहरु गरीब दुखी र दुरदराजमा रहेका नगरबासीलाई सधैं सेवा दिईरहने समेत जानकारी दिनुभएको छ । गाडी चालक जितबहादुर बुढाथोकीले बस पुर्‍याउनु भएको हाे । एक अनाैपचारिक कार्यक्रममार्फत बसकाे उद्घाटन गरिएको छ। चाैरजहारी नगरपालिका वडा नं.१४ मा पूर्व वडा अध्यक्ष अतिराम विष्टले गाडी चालक बुढाथोकीलाई अविर आवरण र फुल माला सहित स्वागत गरि नगर बसकाे उद्घाटन गरिएको चाैरजहारी नगरपालिका वडा नं१४ का समाजसेवी अगुवा भिमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रममा चाैरजहारी नगरपालिका वडा नं.११ का वडा सदस्य केवल ओली सानीभेरी गाउँपालिका वडा नं. १० का महिला सदस्य सीता डाँगी खड्का लगाएत समाज सेवी बुद्धिजीवी स्थानीयहरुकाे व्यापक सहभागी रहेकाे थियाे ।

 

बस चालकहरुलाई स्वागत गर्न एक दर्जन बढी माेटरसाइकल र्याली निकालेर जाेगिनेटासम्म पुगेकाे बताउनु भएको छ । नगर बस तिमीलेकाे रागेचाैरमा पुगेकाे देखेर चाैनपा १४ तिमीलेका ७१ बर्षिय वृद्ध एकबहादुर ओली छमछमी नाच्नुभएकाे थियाे । ओलीले याे युग समाज विकास क्रममा अघि बढिरहेकाे र नगर पालिकामा आफुलाई नगरपालिकाले ठुलाे सहयाेग गरेकाे बताउनु भयाे उहाँले थप्नु भयाे नगरपालिका , मेसिन अस्पताल चाैरजहारी र कर्णाली प्रदेशकाे राजधानी सुर्खेत र राेजगारीकाे सिलसिलामा छिमेकी देश भारत जानेका लागि लेक बस्तीका मानिसहरुलाई ठुलाे राहात हुने जानकारी दिनुभएको छ ।

बिदाकाे दिन बाहेक दैनिक जसाे रु ३०० गाडी भाडामा बिहान ७ बजे तिमीलेबाट चाैरजहारीसम्म जान पाउने र बेलुका चाैरजहारीबाट २:३० बजे फर्कने चालक बुढाथोकीले बताउनु भएको छ ।
नगर बसमा यात्रुहरु सानीभेरी गापा ८ काे माथिल्लाे लेक आमडाँडा विप्पे ,सानीभेरी गापा १० काे चिन्तु झारपाेखरी अमलाटाकुरा घण्ठाना दाब्रेखाेला र चाैरजहारी नपा १४ काे कुमाख बञ्चरे तिमीलेबाट जान आउन सजिलाे हुने स्थानीय बासीहरुकाे भनाइ रहेकाे छ। गाडी नियमित आउँछ या आउँदैन त्याे भने हेर्छ बाँकी रहेकाे छ ।