लोकप्रिय गायक तथा संगीतकार किरणबाबु पुनको आवाजमा ‘पिपल बोट मुनी’ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार किरणबाबु पुन   आवाजमा ‘पिपल बोट मुनी’ बोलको गीत सार्वजनिक भएको हो ।  किरणबाबुकै शब्द तथा सुमधुर संगीतमा तयार भएको गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन् ।

शंकरा डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई खड्ग बहादुर पुन खबपुले निर्देशन गरेका छन । गायक तथा मोडल राम्जी खाँड र मोडल करिश्मा ढकालको अभिनय रहेको सो गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।

लयमा विविधता खोजेर केहि फरक गर्ने कोशिस गरेको  गायक तथा सर्जक किरणबाबु पुनले  बताएका छन् । राजकुमार मगरले भिडियो सम्पादन गरेको उक्त गीतलाई किरणबाबु पुनको युटुब च्यानलबाट दर्शक श्रोता माझ ल्याइएको छ ।

भिडियो हेर्नुहोस्