रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि सुझाव संकलन गरेको छ । आज नगरपालिकाले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि नागरिकस्तरबाट सुझाव संकलन गरेको हो ।
अगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिकदल, संघसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, कर्मचारी र आम नागरिकहरूबाट राय सुझाव संकलन गरिएको नगरपालिकाका नगर प्रमुख पुष्प बादीले जानकारी दिनुभयो ।
नागरिक स्तरबाट महत्त्वपूर्ण सुझावहरु प्राप्त भएको र प्राप्त सुझावलाई प्राथमिकताको आधारमा नीति तथा कार्यक्रममा समावेश गर्ने नगरप्रमुख बादीको भनाइ छ । आम नगरवासिको भावनालाई समेटने गरि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
यही असार ८ गते नीति तथा कार्यक्रम र त्यसपछि बजेट ल्याउने तयारी भइरहेका बेला त्यसैको तयारी स्वरुप नागरिक स्तरबाट सल्लाह, सुझाव संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
नागरिकका समस्या र आवश्यकतालाई ध्यानमा राखी बजेट ल्याउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाई छ । अधिकृत ढकालले भन्नुभयो समुदाय स्तरमा रहेका तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्ने बजेट ल्याउनकै लागि राय सुझाव संकलन गरिएको हो ।
बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने, पालिकाको समग्र विकासमा पालिकावासीहरूको भूमिकालाई कसरी समेट्ने भन्नेबारे नगरपालिकाले नागरिकसंग अन्तरक्रिया गरेको हो ।
कार्यक्रमका सहभागिले सामाजिक, आर्थिक , पूर्वाधार विकास र विपत् व्यवस्थापन लगायतका सवालमा आफ्ना राय, सल्लाह र सुझाव राखेका थिए । सुझाव संकलन कार्यक्रममा राजनीतिक दलका प्रमूख तथा प्रतिनिधि, नागरिक समाज बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नी ई