रुकुम पश्चिमको वाँफीकोट गाउपालिकाको वडा नं. ८ तोरीधारा मोटे खोलामा जीप दुर्घटना भएको छ । सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जीपमा १३ देखि १४ जनासम्मले यात्रा गरेको हुनसक्ने वडाअध्यक्ष धनबहादुर खत्रीले बताए ।

अहिले घटनास्थलमै रहेका वडाअध्यक्ष खत्रीले ५ जनाको ज्यान गएको समेत बताए

। उक्त जीप सानीभेरी गाउँपालिकाको दुली देखि खलंगा जाने क्रममा थियो । उक्त गाडीको नम्बर तथा मृतकको पहिचान भने अहिलेसम्म नखुलेको उनको भनाई छ ।