कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिने भएका छन् ।

 

मुख्यमन्त्री शर्माले आफू मुख्यमन्त्री बन्दै गर्दा समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि शुक्रबार पुनः विश्वासको मत लिने भएका हुन् ।

 

 

मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई बुधबार पत्राचार गर्दै शुक्रबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

 

कर्णालीमा नेपाली काँग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १/१जना सांसद रहेका छन् ।

 

माओवादी संसदीय दलका नेतासमेत रहेका शर्मा गत पुस २७ गते एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।