रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवस्थित शितल माध्यामिक बिध्यालय चौरजहारीमा अत्याधुनिक शौचालय निर्माण हुने भएको छ ।

मानव विकास तथा सामुदायिक सेवा अन्तरगत खानेपानी सरसफाई तथा जिविकोपार्जन प्रबर्द्धन परियोजना,आई.एन.ए को आर्थिक सहयोगमा अत्याधुनिक भुकम्प प्रतिरोधात्मक शौचालय निर्माण हुने भएको हो ।
विद्यालयमा युरिननल सहितको ६ कोठे शौचालय निर्माणको लागि आज विद्यालय र परियोजना विच संझौता पत्रमा हस्ताक्षर गरिएको छ ।

बैठकमा वालवालिका तथा अपाङ्गता मैत्री शौचालय निर्माण गर्ने र उक्त शौचालय प्रयोजनाले २ महिना भित्र निर्माण गरि बिध्यालय लाई हस्तान्तरण गर्ने प्रयोजना अधिकृत आशिष् आचार्यले जानकारी दिनुभयो ।

 

बैठकमा चौरजहारी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष वीर बहादुर राना,बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुदास स्वर्णकार, प्रधानाध्यापक यदु राना सिबिआर प्रतिनिधि सन्देश जैसी लगायतको सहभागीता रहेको थियो ।