यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिमले १९ दिनमा करिब तीन लाख राजश्व संकलन गरेको छ ।

 

कार्यालयले सेवा सुरु गरेको १९ दिनमै दुई लाख ७८ हजार ८१० रुपियाँ राजश्व गरेको जानकारी दिएको छ ।

 

कार्यालयका प्रमुख आनन्द चपाईका अनुसार फागुन २१ गतेबाट चैत ९ गतेसम्मको अवधिमा उक्त राजश्व रकम संकलन भएको हो । उहाँका अनुसार मोटरसाईकल तथा अटो रिक्सा दर्ता वापत एक हजार पाँच सय, नामसारी वापत पाँच सय, नविकण वापत २० हजा। चार सय र सवारी साधन कर वापत दुई लाख ५६ हजार ४१० रुपियाँ संकलन गरिएको हो ।

 

फागुन २१ गतेबाट यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले सेवा सुरु गरेको थियो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सेवाको शुभारम्भ गर्नुभएको थियो । अहिले कार्यालयबाट सवारी दर्ता, नविकरण, सवारी कर असूली, सरुवा सहमतिको काम भैरहेको कार्यालय प्रमुख चपाईले जानकारी दिनुभयो ।

सात जना कर्मचारी दरबन्दी रहेकोमा हाल तीन जना रहेको बताईएको छ । दरबन्दी पूर्ण भएलगत्तै चालक अनुमती पत्रको परिक्षा संचालन, गाडि दर्ता, सवारी जाँच तथा पास, रुट परमिट, चालक अनुमति पत्र नविकरण लगायतको काममा निरन्तरता दिने कार्यालय प्रमुख चापाईले बताउनुभयो

#मूलपाटीअनलाईनबाट