रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्याज बीउ उत्पादन कार्यक्रम अन्तर्गत साना सिंचाइ निर्माण र कृषि औजारहरु वितरण गरेको छ ।

 

सचेत एग्रीकल्चर प्रा.लि.को आयोजनामा भएको एक कार्यक्रमका बीच नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त सहयोग प्रदान गरेको हो ।

 

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले नौ जना किसानलाईलाई मिनि पावर टेलर हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रममा ५० जना कृषकहरुलाई किटनाशक औषधि, टनेल प्लास्टिक, स्प्रे टेन्की, त्रिपाल, कोदालो, डिजिटल तराजु समेत प्रदान गरिएको चौरजहारी नगरपालिकाले जनाएको छ ।

 

सोहि कार्यक्रमबाट १८० मिटर साना सिचाई कुलो निर्माण समेत गरिएको गरिएको छ। यस कार्यक्रमबाट चौरजहारी नगरपालिका – ३ स्यालखोलाका करिब दुई सय सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

 

चौरजहारी नगरपालिकाको आर्थिक वर्ष ०७९,८० को वार्षिक स्वीकृत कार्यक्रमबाट उक्त सहयोग गरिएको हो । उक्त कार्यक्रमका लागि नगरपालिकाको १५ लाख ३० हजार र र कृषकहरूको जनसभागिता १५ लाख ३० हजार गरेर जम्मा ३० लाख ६० हजार रकम खर्च भएको छ ।

 

सचेत एग्रीकल्चर प्रा.लि.का प्रोपाइटर तेजबहादुर बटालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चौरजहारी नगरपालिका नगर प्रमुख पुष्प वादी, उप प्रमुख ईश्वरी शर्मा बि.एम., वडा नम्बर ३ का वडा अध्यक्ष लाल बहादुर बुढा, प्राबिधिक शाखा प्रमुख भिम बहादुर के.सी., प्राविधिक सहायक बिमल खड्का समेतको उपस्थिति रहेको थियो ।

 

यस सहयोगले किसानहरुलाई आधुनिक कृषि प्रविधीमार्फत स्वरोजगारमुलक बनाउन टेवा पुग्ने बताईएको छ ।