रुकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रले संगठन सुदृढिकरण अभियान सूरु गरेको छ ।

 

नेकपा माओवादी केन्द्र चौरजहारी नगर कमिटीको आयोजनामा बुधबार देखि औपचारिक रुपले अभियानसूरु गरेको हो ।

 

माओवादी केन्द्र चौरजहारी नगर कमिटि सचिव एल. बि कटुवालले विकास र समृद्धिको एजेण्डा सहित संगठन सुदृढिकरण अभियान सञ्चालन गरिएको वताउनु भयो । उहाँले नगरपालिकाको वडा नम्वर १ नाखिरा देखि अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

 

संगठनलाई चुस्त, दुरुस्त बनाउन, कार्यकर्ताहरुलाई सक्रिय बनाउन, जनवर्गिय संगठनहरु चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सचिव कटुवालको भनाई छ ।

 

सदस्यता वितरण तथा नविकरण, जनवर्गिय संगठनहरु गठन तथा पुनर्गठन, कार्यकर्ता भेटघाट, टोल कमिटीहरुलाई प्रशिक्षण लगायतका कार्यहरु अभियान अन्तर्गत हुने नगर कमिटी अध्यक्ष सुदास स्वर्णकारले जानकारी दिनुभयो ।

 

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य बिशाल शर्माको नेतृत्वमा सञ्चालन हुने यस अभियानलाई नगरका सबै वडा र टोलहरुमा सञ्चालन गरिने बताईएको छ । अभियान दुई महिनासम्म चल्ने माओवादी केन्द्र चौरजहारीले जनाएको छ ।