रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयले आईतवार देखि नियमित सेवा संचालन गर्ने भएको छ ।
कार्यालय स्थापना भएको विगत लामो समय देखि कर्मचारी अभावका कारण सेवा सूचारु गर्न नसकेको व्यवस्था सेवा कार्यालयले आईवार वाट नियमित सेवा संचालन गर्ने वताएको छ ।
चौरजहारी नगरपालिका वडा नम्वर २ नयाँ सपिंग मलमा कार्यालय स्थापना गरी सेवा सुचारु गर्ने चौरजहारी यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख आनन्द चापाईले वताउनुभयो ।
उहाँले आईतवार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा वाट नयाँ कार्यालय भवनमा यातायात सम्वन्धि सेवाको उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
यायातायात सेवा कार्यालय वाट तत्कालका लागि सवारी दर्ता किताव नविकरण, सवारी कर असूली, सवारी साधन दर्ता, र सरुवा सहमति दर्ता गर्ने वताईएको छ ।
७ जना कर्मचारी दर्वन्दी रहेको सेवा कार्यालयमा हाल ३ जना कर्मचारीले सेवा सूचारु गर्ने र वाँकी ४ जना कर्मचारी मन्त्रालयले पठाउने तयारी भैरहेको उहाँको भनाई छ ।
दर्वन्दी पूर्ण भए लगत्तै ई सेवाको लागि प्राविधिक कर्मचारीको व्यवस्थापन भैसकेपछि ( लाईसेन्सको परिक्षा संचालन ) सवारी जाँच, पास, रुट प्रमिट नविकरण, रुट प्रमिट जारी, सवारी चालक अनुमति पत्र नविकरणको काम थालनी गरिने सेवा कार्यालयले वताएको छ ।