रुकुम पश्चिमको बराहटाकुरा टुडिखेलमा फागुन २६ गते देखि चैत्र ७ गतेसम्म सञ्चालन हुन लागेको रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा नृत्य आइडल हुने भएको छ ।

 

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको संयुक्त आयोजनामा हुन लागेको महोत्समा नृत्य आइडल प्रतियोगिता पनि संचालन गरिने महोत्सव मुल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार नगद पुरस्कारको व्यवस्था पनि गरिएको हो । प्रथमले १५ हजार, दोस्रोले १० हजार र तृतियले ५ हजार पुरस्कार पाउने छन । त्यस्तै सहभागी सबैलाई मेडल र प्रमाण–पत्रको व्यवस्था गरिएको छ । नृत्य आइडलमा सहभागिताका लागि दर्ता शुल्क भने लाग्ने छैन् ।

 

त्यस्तै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । हरेक दिन लाइभ दोहोरी रहने आयोजक राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष तुल देवकोटाले बताउनुभयो ।

 

महोत्सवमा कलाकारहरु आर्यन सिग्देल, ज्योती मगर, बद्री पंगेनी, पशुपती शर्मा, रामजी खाँड, पुष्कल शर्मा, प्रकाश सपुत, शान्ती श्री परियार, टीका सानु, कमला घिमिरे, एलिना चौहान, किरणबाबु पुन, रोशन सिंह, अञ्जली अधिकारी, टंक तिमिल्सिना र बालाराम विक, सुमन कार्की, जय देवकोटा, सुकदेव अधिकार, तिलक परियार, खबपु चञ्चल मगर लगायतका अन्य कलाकारहरुको प्रस्तुति रहने छ ।