रुकुम पश्चिम जिल्ला सानिभेरी गाउँपालिका वडा न ११ को स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भयको छ । सानीभेरी गाउँपालिका र मानव बिकास तथा सामुदायिक सेवा अन्तरगत चौरजहारी अस्पताल र मातृ तथा बालस्वास्थ्य प्रबर्द्धन परियोजनाको सयुक्त आयोजना तथा आर्थिक सहयोगमा शिबिर सम्पन्न भयको हो ।
शिबिरमा चौरजहारी अस्पतालका प्रशासक डिल बहादुर गिरिको नेर्तित्वमा अस्पताल जनरल सर्जन डाक्टर आशिष अधिकारि, डाक्टर सुमन राई सहित २८ जना स्वास्थकर्मिको टोलि खटिएको परियोजना अधिकृत गोपाल तिमल्सिनाले बताउनुभएको छ ।
उक्त शिबिरबाट २४५ जना बिरामीहरुको भिडियो एक्सरे, १६० जनाको रक्त समुह जाँच ५२ जना महिलाहरुको गर्भ जाँच १६ जना महिला हरुको पाठेघर खसेको जाच र अन्य नाक, कान,घाँटी गेस्टाईटिस,तल्लो पेट दुखने,ज्वरो,रुघाखोकी जस्ता बिभिन्ना समस्या भयका २९२ जना सहित ७६५ जना बिरामी हरुले उक्त सेवा लियको र जटिल समस्या भएका बिरामी हरुलाई अस्पताल सम्म प्रेसन गरेको चौरजहारी अस्पतालका डाक्टर सुमन राईले जानकारी दिनुभयो ।
साथै शिबिरमा विभिन्न प्राकृतिका समस्या भएका १३ जना अपाङ्गता भएका ब्यक्तिहरुले उक्त शिबिर बाट सेवा लिएको आयोजकले बताएको छ ।