कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज दिउसो ४ः०० बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मुख्यमन्त्रीको शपथ ग्रहणसँगै उहाँको नेतृत्वमा गठित तीन सदस्यीय मन्त्रिपरिषद् सदस्यमा नियुक्त मन्त्री मगलबहादुर शाही र विनोद कुमार शाह पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री शर्माले मन्त्री शाही माओवादी र मन्त्री शाह एमालेबाट नियुक्त गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्र र एमाले कर्णाली प्रदेश कमिटिको बुधबार बसेको बैठकबाट दुवै दलले ढाई÷ढाई वर्ष आलोपालो सरकारको नेतृत्व गर्ने, मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी तथा तीन मन्त्रालय एमालेले लिने र आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एउटा घटाएर सात मन्त्रालय कायम गर्ने सहमति भएको थियो