रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले फोहोर व्यवस्थापन अभियान सुरुवात गरेको छ । शनिबारदेखि नगरपालिकाले नगरपालिकाको वडा नम्वर १ देखि  सुरुवात गरेको हो । नगरप्रमुख पुष्प बादी, प्रहरी, जनप्रतिनिधि, व्यापारी र सर्वसाधारण सहितको टोलीले अभियानको पहिलो दिन चौरजहारी नगरपालिका १ बसपार्क र बजार क्षेत्रको फोहोर संकलन गरेको छ ।

दिगो विकासको मुख्य आधार, स्वच्छ शहर सरसफाईयुक्त बानी व्यबहार भन्ने नाराका साथ सरसफाई अभियान सुरु गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रकाश ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यस अभियानलाई नगरपालिकाले नियमित सञ्चालन गर्ने छ ।