रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले तेब्बरले अग्रता बढाउँदै लगेका छन् । २९ हजार ८ सय ५० मतगणना हुदा शर्माको १९ हजार ६९३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले ६ हजार ९५८ मत पाएका छन् ।


यस्तै राप्रपाका दीपक मल्लले ५०६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार तारक केसी (सुर्यमुखी) ले १ हजार ३८५ मत पाएका छन् । यस्तै प्रदेश सभा क र ख तर्फ पनि माओवादी केन्द्रका उम्मेदवारनै अगाडि रहेका छ्न ।

प्रदेश सभा (क) तर्फ अहिलेसम्म गणना भएको १२ हजार ७७१ मतमध्ये माओवादी केन्द्रका महेन्द्र केसीले ८ हजार ६३८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका नारायणकुमार शाहले ३ हजार १६८ मत प्राप्त गरे । राप्रपाका विनोदकुमार शाहले ४८१ मत प्राप्त गर्दा ४८४ मत बदर भएको छ ।


यता प्रदेश सभा (ख) मा पनि माओवादी केन्द्रका राजकुमार शर्माले १० हजार ८०४ मतप्राप्त गरेका छ्न । एमालेका कर्णबहादुर घर्तीले ४ हजार ९०७ मत प्राप्त गरेका छ्न । राप्रपाका निर्जल केसीले ७ सय ५६ मत पाउँदा ४९४ मत बदर भएको छ । हालसम्म प्रदेश ख मा १६ हजार ९६१ मत गणना भएको छ ।