नेकपा माओवादी (केन्द्र) निकट संगठन ‘जनसाँस्कृतिक महासंघ नेपाल’ कर्णाली प्रदेशको पहिलो सम्मेलन सम्पन्न भएको छ

जनसांस्कृतिक महासंघ नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सोमबार विरेन्द्रनगर सुर्खेतमा भव्यतापूर्वक सम्पन्न भएको हो । सम्मेलनबाट लालबहादुर कटुवालको नेतृत्वमा ५१ सदस्यीय जनसांस्कृतिक महासंघ कर्णाली प्रदेश गठन गरिएको छ । अध्यक्षमा लालबहादुर कटुवाल (एल.वि. कटुवाल), उपाध्यक्षमा रण बहादुर बुढा,  सचिवमा धिरेन थापा अनुपम, सहसचिवमा गणेश ओली र लगायत कर्णाली प्रदेशका १० वटा जिल्लावाट प्रतिनिधित्व गराई ५१ सदस्यीय  समिति गठन गरिएको हो ।

जनसांस्कृतिक महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष भिम कुमाखीको अध्यक्षतामा भएको कार्यक्रमको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण जिसिले उद्द्घाटन गर्नुभएको थियो । महास‌ंघका केन्द्रिय सदस्य यदु विक्रम शाहिले सञ्चालन गरेको कार्यक्रमा महास‌ंघका केन्द्रिय महासचिव सुवर्ण मल्लको विषेश आथित्यता रहेको थियो । संगठनको कोषाध्यक्ष भने जनसाँस्कृतिक महासंघ नेपाल कर्णाली प्रदेशको पहिलो बैठकले टुङ्गो लगाउने अध्यक्ष लालबहादुर कटुवालले जानकारी दिनुभयो ।