निजामति सेवा दिवसको अबसरमा चौरजहारिमा कर्मचारीहरूबीचको पुरुष डवल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
भदौ २२ गते परेको निजामति सेवा दिवसको अवसर पारेर २१ गतेबाट शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहेको थियो ।

१९ औं निजामती सेवा दिवसको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन चौरजहारी नगर समितीको आयोजनामा पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा र घैटोफोर कार्यक्रम (महिला/ पुरुष ) सम्पन्न भएको हो ।

लिगसिस्टममा खेलाईएको  ब्याडमिन्टन प्रतियोगितामा बिजय बिष्ट र ज्ञानु गौतमको टिम प्रथम, निर्मल ओली र प्रदिप महताराको टिम दृतिय र प्रेमकुमार रानामगर र शिवराज भण्डारीको टिम तृतीय स्थान हात पार्न सफल भएको छ ।

साथै घैटोफोर कार्यक्रम अन्तर्गत महिला तर्फ अनिता शर्मा र पुरुष तर्फ बिकाश शर्मा बिजेता भएका छ्न । एक कार्यक्रमको आयोजना गरि संगठनले विजयी प्रतियोगिहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रले पुरस्कृत गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन चौरजहारी नगर समितीका सचिब निर्मल ओलिले जानकारी दिनुभयो।

पुरुषकार वितरण समारोहमा चौरजहारी नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल,पालिकाका कार्यरत कर्मचारीहरुको सहभागीतारहेको थियो ।