जन्मदिनका दिन प्राय: परिवारसँग घुम्न जाने, साथीभाईसँग पार्टी खाएर रमाइलो गर्ने लगायतका कार्य गरेर मनाउने प्रचलन छ । तर केही समयदेखि भने जन्म दिन मनाउने शैलीमा परिवर्तन आएको छ । पछिल्लो समय जन्मदिनलाई सार्थकता बनाउनका लागि सामाजिक कार्य गरेर मनाउने प्रचलन बढेको हो ।

चौरजहारीका एक युवाले बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाएका छन् । चौरजहारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत टिकाजङ्ग ओलीले चौरजहारी नगरपालिका वडा नम्बर १३ मा रहेको सरस्वति माद्यामिक विद्यालयमा घरेलिचौरमा पुगेर गरिब, विपन्न तथा जेहन्दार बालबालिकालाई नगद रकम प्रदान गर्नुभएको हो ।

 

जन्मदिन मनाउने बाहानामा हुने फजुल खर्चबाट गरिव तथा जेहेन्दार विद्यार्थिको शैक्षिक अबस्था उठाउन थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यले आफुले सहयोग गरेको ओलीले बताउनु भयो ।

 

शिक्षा शाखा प्रमुख समेत रहेका ओलीले प्रति व्यक्ति १५ सयका दरले ५ जना विद्यार्थिलाइ नगद रकम प्रदान गर्नुका साथै उक्त  विद्यालयलाई एक वटा साउन्ड सिस्टम र मादल समेत हस्तान्तरण गर्नु भयो।उक्त विद्यालयको ८ कोठे भवनको नगर प्रमुख पुष्पबादिले उद्घाटन समेत गर्नुभयो ।