सुर्खेत दैलेख सडक खण्डकाे कपासे नजिकै बाेलेराे जीप दुर्घटनामा परेकाे छ । अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीकाे वहाव मापन केन्द्रकाे अवस्था बुझेर फर्किदै गरेकाे जल तथा माैसम विज्ञान कार्यालय काेहलपुर बाँकेकाे गाडी कपासेदेखी माथि माेडमा दुर्घटनामा परेकाे हाे ।  सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटना भएको छ ।  बा  झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिव २० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा रुकुम पश्चिम चाैरजहारी नगरपालिका ३ का २८ वर्षीय धर्मराज बुढाथाेकीकाे मृत्यु भएकाे पुष्टी जल तथा माैसम विज्ञान कार्यालय काेहलपुरका प्रमुख विनाेद पराजुलीले गरेका छन् । बुढाथाेकी जल तथा माैसम विज्ञान कार्यालयमा इन्जिनयर थिए ।