रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । नगरपालिका प्रमुख पुष्प वादीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पालिका स्तरिय फुटवल प्रतियोगिताको आयोजना गरिएको थियो ।

वडा नम्बर २ मा रहेको रंगशालामा प्रतियोगिता सुरु भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रशाद ढकालले जानकारी दिनुभयो । जिल्लाका ६ वटा पालिकाको सहभागितामा प्रतियोगिता गर्ने भनिए पनि प्रतियोगितामा तिन ओटा मात्र नगरपालिकाको सहभागिता रहेको छ ।

यो प्रतियोगिता जिल्लामा पहिलो पटक आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले ७० हजार नगद, कप र मेडल प्राप्त गर्ने छ । उपविजेता टिमले ४० हजार नगद पुरस्कार प्राप्त गर्दा सेमिफाईनलमा टीमले २० हजार पुरस्कार पाउने अध्यक्ष ढकालको भनाई ।