रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकाो नगर कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित महिला सदस्य मध्ये ५ जना र दलित अथवा अल्पसंख्यकबाट ३ जना चयन गर्नुपर्ने प्रावधान अनुसार कार्यपालिकाले पूर्णता पाएको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो ।

महिला कोटामा २ नम्बर वडाबाट उमादेवि सुनार, ८ नम्बर वडाबाट पुतला पुन मल्ल, ७ नम्बर वडा बाट भिमा थापा, वडा नम्बर ३ बाट मिना के.सी. र वडा नं. ४ बाट लक्ष्मी सुनार कार्यपालिका सदस्य बनेका हुन् । यस्तै दलित वा अल्पसङ्ख्यक कोटाबाट वडा नम्बर १ बाट तुलाराम सुनार, वडा नम्बर ५ का देवेन्द्र कुमार सुनार र वडा नं.२ बाट विमला नेपाली नगरकार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

यी ८ जना नगर कार्यपालिकामा मनोनित भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् । कार्यपालिका सदस्यमा मनोनित भएका ८ जना नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय चौरजहारीले जनाएको छ । अरु कसैको उम्मेदवारी नपरेपछि उनिहरु निर्विरोध निर्वाचित भएका हुन् ।नगरपालिकाका सबै पदाधिकारीहरुले सपथ ग्रहण गरेर पदभार समेत ग्रहण गरिसकेका छन् ।

२४ जना नगरकार्यपालिकामा नेपाली कांग्रेसका ३ जना र माओवादी केन्द्रका २१ जना रहेका छन् ।