सरकारले रामनवमी पर्वका लागि भोलि आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको छ ।
यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको हो ।शनिबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको छ ।
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ ।