बर्दियाली कलाकार समाज काठमाडौंकाे प्रथम भेला सम्पन्‍न भएको छ । काठमाण्डौमा सम्पन्‍न भेलाले चर्चित युवा गायक कमल बिसि माल्दाईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ  ।  बर्दियालि कलाकारहरुको हकहितको लागि भन्दै  काठमाडौंको अनामनगरमा गठन भएको समितीको उपाध्यक्षमा चर्चित गायिका पुर्णकला बिसि, महासचिवमा बिपि वाग्ले, सचीवमा राजेन्द्र बजगाई, कोषाध्यक्षमा अनिता चलाउने, सह कोषाध्यक्षमा आर.के. थारु चयन भएका छन ।

यसैगरी सदस्यमा चर्चित मोडल अञ्जली अधिकारी, रकेश वली, सुरेन चन्द ठकुरी, बिष्णु शर्मा, चित्रलाल शर्मा लगाएत ११ सदस्यीय कार्यसमिती रहेको छ ।

यसैगरी समाजको कानुनी सल्लाहकारमा अधिबक्ता तथा कलाकार राजेन्द्र शर्मा , सल्लाहकारहरुमा याेगमायाँ घर्ती, कमल अधिकारी, भद्र वली, एकराज पौडेल, प्रभात सुवेदी, तिर्थराज पाेख्रेल, प्रविण पाेख्रेल, राज कुश्मी लगायत रहनु भएको छ । बर्दियालि कलाकार समाजका नवनिर्वाचित अध्यक्ष कमल बिसि माल्दाईले सबै कलाकारहरुलाई संगठित गर्दै अगाडि बड्ने बताउनु भएको छ ।

उहाँले कलाकार कलाकार बिचको एकताले आफ्नो हक अधिकार र ब्यवसायिक सुरक्षा मजबुत हुने समेत बताउनुभयो ।