स्थानीय तह निर्वाचनवका लागि उमेदवारी मनोनयन बैसाख ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बैसाख ११ र १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने उल्लेख छ ।
आयोगले उम्मेदवाको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । उनका अनुसार निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुनेछ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।









