रुकुम पश्चिम काे चाैरजहारी नगरपालिकामा मयूर नाँचको संरक्षण र युवा पुस्तालाई यस बारे जानकारी गराउन मयूर नाच तालिम सुरु भएको छ । वडा नम्बर ४ मनकोटमा आजबाट तालिम सञ्चालन भएकाे हो।

तालिमको मुख्य प्रशिक्षकमा कुमार घर्ती र सहायक प्रशिक्षकमा प्रान्ता केसी र तेरिया बुढाथोकी रहनु भएको छ । नगरपालिकाको सहयोगमा सहिद स्मृति कला संस्कृति सरक्षण केन्द्रले तालिमको आयोजना गरेको हो । तालिममा नगरपालिकाका सबै वडाबाट १ महिला र १ पुरुष गरी जम्मा ३० जना युवाहरुको सहभागिता रहेकाे सहिद स्मृति कला संस्कृति सरक्षण केन्द्रले जानकारी दिएकाे छ ।

युवा पुस्तालाई पुराना रितिरिवाज र पहिलेकाे सांस्कृतिलाई जाेगाउन र संस्कृति प्रति आकर्षित गर्ने उदेश्य सहितयुवा पुस्तालाई पुराना नाच प्रति आकर्षित गर्ने उदेश्यले प्रशिक्षण संचालन गर्न बजेट व्यवस्थापन गरिएको  नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

 

उक्त तालिम ७ दिन सम्म चल्ने छ । चाैरजहारी नगरपालिकामा सिंगारु, पैसेरु र दमाहा नाचको प्रशिक्षण पनि चलिरहेको छ । वडा नम्बर १२काे साना खोलामा पनि तालिम सञ्चालन भैरहेकाे छ ।