नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु चौरजहारी नगर कमिटि अध्यक्षले एमाले छाडेका छन् । फागुन २९ गते बसेको बैठकबाट खिम बहादुर परियारले एमाले निकट अनुरास्ववियु चौरजहारी नगर अध्यक्ष पद छाडेको घोषण गरेका हुन ।

एक बिज्ञप्ती जारी गर्दै परियारले आफु एमाले नरहेको घोषणा गरेका छ्न । एमाले निकट अनेरास्ववियु चौरजहारी नगर कमिटि अध्यक्ष समेत रहेका परियारले आफु अब नेकपा माओवादी केन्द्रमा समाहित भएको बिज्ञप्तीमा उल्लेख गरेका छन । यो देशको परिर्वतनगामी र जनातको मुक्ति दिना सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र भएकाले आफू प्रवेश गरेका प्रतिक्रिया दिएका छ्न ।

एक कार्यक्रमका बिच माओवादी केन्द्र चोरजहारी नगर इन्चार्ज तथा प्रदेश सदस्य पुष्प बादी, नगर अध्यक्ष श्रीकृष्ण शर्मा, माओवादी निकट अनेरास्ववियू जिल्ला उपाध्यक्ष निराजन केसी, नगर अध्यक्ष निर्मल केसी लगाएत नेताहरुकाे उपस्थितिमा खीम बहादुर परिवारलाई नेकपा माओवादी केन्द्रमा स्वागत गरिएको छ