रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १२ पातीहाल्ने डाँडामा खेल मैदान निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाको २५ लाख लागतमा खेलमैदान निर्माण हुन लागेको हो । मंसिर २७ गतेबाट निर्माण कार्य सुरु भएको खेल मैदानको काम अन्तिम चरण पुगेको छ ।

नगरपालिकाको एक वडा एक खेल मैदान अभियान अन्र्तरगत १२ नम्बर वडामा खेल मैदान निर्माण हुन लागेको हो । ५ वडालाई लक्षित गरेर खेल मैदान निर्माण भइरहेको र निमार्ण को काम लगभग अन्तिम चरण पुगेको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

यो खेल मैदानको १ सय मिटर लम्वाई र १ सय ४० मिटर चौडाई रहेको बर्ताइएको छ ।