रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले खेलमैदान निर्माणको कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।
शुक्रवार नगरपालिकाको वडा नम्वर १२ पातीहाल्ने डाँडामा निर्माणाधिन खेलमैदानको अनुगमनका क्रममा एक वडा एक खेलमैदान निर्माण अभियान अन्तरगत नगरपालिकामा निर्माणाधिन खेलमैदानको कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको हो ।

भौगोलिक विकटता वाहेक नगरका सवै वडाहरुमा खेलमैदान निर्माण कार्य तीव्रगतिमा सम्पन्न गर्न निर्माण समितिलाई प्रमुख शर्माले निर्देशन दिनुभयो ।


नगरपालिकाको आर्थिक लगानीमा गएको मंसिर २७ गते देखि निर्माण कार्य सुरु गरिएको खेलमैदान पौष अन्तिम साता सम्म निर्माण कार्य सम्पन्न हुने समितिले वताएको छ ।

नगरका वडा नम्वर ६ खागल, वडा नम्वर ११ खोलागाउँ, वडा नम्वर १२ सानाखोला, १३ नम्वर वडा देउरालटाकुरा र वडा नम्वर १४ नुवाकोटका वडालाई लक्षित गरी उक्त खेलमैदान निर्माण गर्न लागिएको हो । १ सय मिटर लम्वाई र १सय ४० मिटर चौडाई रहेको खेल मैदान करिव २५ लाख वरावरको लगानीमा सम्पन्न हुने अनुमान गरीएको छ ।
निर्माणाधिन खेलमैदानको  नगरप्रमुख  शर्मा, प्रमुख प्रशासकिय अधिकृत गोकुल ढुङेल, ईन्जिनियर यज्ञबहादुर  कार्कि लगाएतको टोलिले अनुगमन गरीएको थियो ।