मालिका न्युज,१३ रुकुम पश्चिम/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरजहारी नगर कमिटीको नयाँ कार्य समिति चयन भएको छ । आज (सोमबार) सम्पन्न भएको दोस्रो नगर सम्मेलनबाट सर्बसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको हो ।

जसको अध्यक्षमा श्रीकृष्ण शर्मा चयन हुनुभएको छ । नगर कमिटीको उपाध्यक्षमा सुदास स्वर्णकार, खुमबहादर खड्का र सपना बिष्ट (कार्की) रहनुभएको छ ।   

यस्तै कमिटीको सचिवमा बिरबहादुर राना, सहसचिवमा लालबहादुर कटुवाल, कोषाध्यक्षमा अमर के.सी.चयन हुनुभएको छ । सम्मेलनबाट ६५ सदस्सीय नयाँ नगर कमिटी गठन गरिएको हो ।                                                 अध्यक्ष शर्मा र सचिब राना दोस्रोपटक अध्यक्ष र सचीवमा चयन हुनुभएको हो । सम्मेलनको नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले गत मंसिर १० गते शुक्रबार उद्घाटन गर्नुभएको थियो ।