नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर)ले देश माओवादीकै एजेन्डामा चलिरहेको बताउनुभएको छ ।

अर्थमन्त्रीसमेत रहनुभएका शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको दाबी गर्नुभयो ।

नेकपा माओवादी केन्द्र चौरजहारी नगरपालिकाको दोस्रो सम्मेलनको नार्जिमा उद्घाटन गर्दै नेता शर्माले ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्न जनताकै बिचमा आउनुपर्ने अवस्था समेत आएको बताउनुभयो ।

आफुले जनताको मतको बेवास्ता गरेर कहिकतै बाटो बिराएको भए आफुलाई खबरदारी गर्न आग्रह समेत गर्नुभयो ।
आफु आफ्नो कारणले अर्थमन्त्री नभएर जनताको तागतले भएको समेत बताउनुभयो ।

। उद्घाटन कार्यक्रममा बोल्दै शर्माले श्रम, उत्पादन र रोजगार तथा सामाजिक, सास्कृतिक रुपान्तरणको अभियानमा लाग्न नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

योजना बनाउन र काम गर्न सक्ने मान्छेलाई नेता चुन्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । आजै उहाँले चौरजहारी नगरपालिका, त्रिबेणि गाउँपालिका र सानीभेरी गाउँपालिकाको सम्मेलनलाई उद्घाटन गर्नुभएको छ ।उद्घाटन कार्यक्रममा नेकपा एमाले र नेपाली काग्रेश परित्याग गरि २० जना भन्दा बढी नेता कार्यकर्ता माओवादीमा प्रबेश गरेका थिय । नव प्रबेशिलाई नेता शर्माले टीका माला लगाएर स्वागत गरेका थिए।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले नगर कमिटि सदस्य तथा दलित मुक्ति समाजका जिल्ला सह सचिव मंगल परियार, नगर कमिटि सदस्य अशोक विक, पदम शर्मा, देउराम परियार, प्रविन सुनार छन् । एमाले टोल कमिटि सदस्य डन्नविर विक, एमाले समर्थक कमला शर्मा, रामप्रसाद शर्मा, पार्वती शर्मा, लिलु जैसी, भद्रबहादुर शर्मा र उत्तर शर्मा, मनबहादुर ओलीले पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा समाजवादीका जिल्ला सल्लाहकार खड्कबहादुर चन्दले पनि सोही कार्यक्रम मार्फत माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका दिपेश ओली, कुलबहादुर डाँगी, इन्द्रबहादुर डाँगी, लोकेन्द्र थापा, कविराम कामीले पनि माओवादी केन्द्रमा प्रवेश गरेका छ्न ।