नेकपा एमाले चौरजहारीको मंगलबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अतिराम ओलीको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।
चौरजहारीमा सम्पन्न प्रथम नगर अधिवेशनले नगर कमिटी उपाध्यक्षमा सरीता सुनारलाई चयन गरेको छ भने सचिवमा अमृत सुनार र सह-सचिवमा ओम प्रकाश आचार्य र भिम प्रसाद लामिछाने सहित ७५ सदस्यीय कमिटी गठन भएको नेकपा एमालेका जिल्ला सदस्य सुरेन्द्र नेपालीले जानकारी दिनु भयो ।
नेकपा एमाले कर्णाली प्रदेश सदस्य कर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा र ऋषि प्रसाद शर्माको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । निर्वाचित कमिटीलाई सपथ ग्रहन गराउदै प्रमुख अतिथी घर्तीले आजको अवस्थामा पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउनु पर्ने बताउनु भयो । प्रमुख अतिथी घर्तीले भन्नू भयो “एमाले छोडेर एकीकृत समाजवादी लगायत अन्य दल तिर लागेका साथीहरु पनि ढिलो चाडो मूल घरमै फर्किनु हुन्छ, हामीले कसैलाई पनि पक्षपात नगरी मिलेरअगाडि बढ्नु पर्छ।” #हेलो_कर्णालीबाट









