अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त भएको छ । पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उदृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको छ ।
अफगान अधिकारीका अनुसार तालिबानले हेरातमा आइतबार विशेष कारबाही गरेको थियो । अपहरणमा संलग्न स्थानीय समूहलाई लक्षित गरी भएको उक्त कारबाहीमा कम्तिमा तीनजना अपराधी मारिएका थिए ।









